Online Nepal शुक्रबार, बैशाख १४ २०८१

छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने हो ?

छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने हो ?


मध्यान्तर
  • बुधबार, असार ९ २०७८

  • अहिले छुवाछूत र भेदभाव सबैभन्दा बढी दलित -दलितबीच रहेको छ। उनीहरू आफू-आफुमा एक जातले छोएको अर्को जातले नखाने  र घृणा गर्ने , दुव्र्यवहार गर्ने चलन अहिले पनि दलित-दलित बिचमा छ । अनि उनीहरू नै क्षेत्री-बाहुनले दलितमाथि अन्याय गरे छुवाछूत गरे भनेर कानुनी र मिडियाबाजि गरेर क्षेत्री-बाहुनकै बदनाम र अपमान गरिरहेका छन् । यथार्थ र बास्तबिकता नबुझेर आज हाजारौं क्षेत्री-बाहुनहरु अपमान र घृणा सहन बाध्य भएका छन् ।

    अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने हो ? छुवाछुत प्रथा हट्नुपर्छ म पनि मान्छु र बिस्तारै हट्दै छ सायद हाम्रो पुस्तामा आइपुग्दा सम्म अलि अलि रहला छुवाछूत भन्ने कुरा तर आज प्रत्येक टेलिभिजन बाहुन र दलित बिचको छुवाछूतको बारेमा बोल्ने यश कुमार लग्यत केहि भनौदाहरु आज सम्म कुनै टेलिभिजनमा आफ्नै जात भित्रको छुवाछूतको बारेमा बोलेनन् किन ? दलित भित्रै कै छुवाछुत अन्त्य गर्न कुनै पहल नगर्नेले आखिर कुरा मात्रा किन ठूलो गरेको ?
    क्षमता भएको योग्यता भए देशको प्रधानमन्त्री पनि पाइन्छ तर दलित हुँ मलाइ कोटा चाइयो भनेर आउन भएन । यो हप्ता रुपा सुनार बारेमा धेरै चर्चा परिचर्चा भयो । राजधानीमा घरबेटीले कोठा नदिएको कुरामा रुपाले प्रहरी प्रशासनमा जाहेरी दिइन र प्रहरीले उनलाई पक्रियो पनि । मैले रुपालई केहि  प्रश्न गर्छु:  रुपा तिम्रो निधारमा ‘कमिनी’ भनेर लेखिएको पक्कै थिएन। घरधनीले तिमिलाई जात सोधेका थिएनन्। तिमिजस्तो काठमाडौंमा कोठा खोज्न हामी पनी हिंडेको छौँ । हामीले पनि कोठा पाएका थिएनौं। अब भन म कुन विभेदको मुद्दा हालौं। यहाँ तिमीलाइ आफ्नो कुनै हिस्सामा भाग नदिएको हैन, आफ्नो जीवनभरीको रगत र पसिनाले बनाएको आफ्नो घरमा कसलाइ राख्ने, कसलाइ नराख्ने उहाँहरुको अधिकारको कुरा हो। तिमि चौबीस बर्षकी युवतीले आफ्नो मानहानी भयो भनेर अन्ठाउन्न बर्षको तिम्रो आमा सरहको आमालाई मानहानी गरेर के तिमिले आफ्नो अधिकार सुनिश्चित गरायौ ? तिमिले उहाँलाई राम्रोसँग सम्झाउन सक्थ्यौ। के तिमिले जातीय विभेद के हो उहाँलाई सम्झायौ कोसिस मात्र पनि गर्यौ ? हामीले विभेद हटाउने भन्ने वित्तिकै जरा किल्ला उखालेर फाल्न सक्छौं तुरुन्तै ? तिमिले सोच्नु परथ्यो त्यो घरमा उहाँभन्दा ठुलो नागरिक पनि हुनुहुन्छ होला नि ? आफ्नो घरको सदस्यको चित्त दुखाएर निर्णय लिनेे हक उहाँलाई पनि थिएन होला ! एउटा पढे लेखेको तिमि जस्तो मान्छेले अर्को मान्छेलाई बुझ्न सकैनौ। तिमी भन्दा पैंतिसौं बसन्त पहिलाको मान्छेले तिमिलाई चाहिँ थपक्कै बुझिदिनु पर्ने ? तिम्रो जस्तै सोच सबैको भयो भने जातीय विभेदको अन्त्य हैन, जातीय लडाइँ सुरु हुन्छ। आफ्नो अधिकारको नाममा अरुको अपमान गर्ने हक तिमिलाई पनि कानुनले दिएको छैन।सामाजिक संजालमा भाइरल भएर हैन, सक्छौ भने एकजना मान्छेको नकारात्मक सोचलाई सकारात्मक कसरी बनाउने त्यतातिर लागि भाइरल हुनु ?                                                                   आस्था निरौला

    प्रतिक्रिया
    थप समाचार