Online Nepal बिहिबार, बैशाख २० २०८१

नेपालको संविधान दलितको पक्षमा छैन्,

नेपालको संविधान दलितको पक्षमा छैन्,


मनोज जैगडी
  • शुक्रबार, माघ १८ २०७५

  • काठमाडौं । नेपालको संसिवधान लोकतन्त्र र गणतन्त्रमा नै दलित तथा मुस्लिम समाज पक्षमा छैन । । संविधानले देशलाई ब्राह्मणको थाति धन बनाएको छ । तर, दलित, मुस्लिम, महिला र जनजातिहरुलाई यसले सपोर्ट गरेको छैन् ।

    यसले पछाडि पारिएका वर्गहरुका समस्यालाई नबुझि ब्राह्मणवादलाई मात्र उच्च स्थानमा ल्याएको छ । देशलाई चलाउने हरुले यसैले त देशमा लुटतन्त्र मच्चाईरहेका छन् । हिजोको एकिरण देखि अहिलेको सम्म दस बर्षे माओबादि आन्दोलनमा हजारौ दलितहरु समाबेश भए ।

     

    हजारौ कै संख्याले दलितहरु घर बिहिन भए । तर, आफुलाई लोकतन्त्रको र गणतन्त्रको मालिक ठान्ने नेपालका राजनितिक दलहरुले उनीहरुलाई प्रयोग गर्ने साधनकोरुपमा मात्र हेरे । उनीहरुले नेपाललाई हिन्दु ब्राह्मणको मात्र देश हो भनेर लागि परे । दलित समाजलाई केबल नागरिकता मात्र दियर भोट खसाल्ने एक माध्यम मात्र बनाए । ब्राह्मणहरुले नेतृत्व गरेका क्षेत्रीहरुले नेतृत्व गरेका पार्टीको सदस्य भन्दा माथि पुग्न दिईएन ।

    यहाँ दलितलाई भोट हाल्ने बाहेक अरु कुनै अधिकार छैन । के साँच्चीकै नेपालको सम्बिधानमा जनसंख्याको आधारमा दलित, मुस्लिम, आदिबासी, जनजातिहरु ब्राह्मणहरुलाई बनाउन मात्र जन्मेका हुन त? यसैले सबै जनसंख्याको आधारमा कार्यपालिका, न्यापालिका र व्यवस्थापिकामा प्रतिनिधित्व हुनु अत्यावश्यक छ ।

    पछाडि परेका वर्गहरुलाई अधिकार दिने नाममा २७ अधिकार दियौ भन्दै प्रतिशत अधिकारको नाममा दलित आयोग बर्नाईयो, जनजाति आयोग, अदिबासी आयोग, मुस्लिम आयोग बनाईए । तर, ब्राह्मण आयोग पनि हुनु परेव के नेपाल मा ब्राह्मण ले मात्र हो त ? नेपाल एकतन्त्रीय शासक गर्ने हिजो मल्लको अन्त्य शाह गरे । शाहको अन्य ब्राह्मणले गरे । अखिरीमा नेपालमा राजा ज्युदै छ , हट्यो त केवल श्रीपेच मात्र हटेको छ । नेपाललाई धर्म निशपेक्षा भने कहाँ छ ? नेपाललाई धर्म निरपेक्ष देश भनेर काजगमा मात्र सिमित छ व्यवहार भने उस्तै छ । यसलाई लागु गर्न सरकारले समेत आनाकानी गरिरहेको छ ।

    यसैले हामीलाई समान स्वरुप नेपाली भएर बाच्न पाउने अधिकार समेत खोसिएको छ । अब नेपालमा अर्को जनाआन्दोलनका आवश्यकता परेको छ । जातिय वर्ग व्यवस्था अन्त्य गरि सबैको अधिकार सुनिश्चितताका लागि । दलित, मुसिलम, आदिबासी ्जनजातिहरुले हतियार उठाउन फेरी लाग्न जरुरी रहेको छ ।

    संविधानमा लेखिएका अधिकारहरुलाई कार्यन्वयन गराउन हामी एक हुन आवश्यक रहेको छ । लोकतन्त्र आएर पनि नेपालमा गणतन्त्र आईसक्यो । यतिमात्र कहाँ होर ? विश्वकै सर्बोत्कृष्ट संविधान नेपाललमा बनेको छ । यसको कार्यान्वायन हुन सकेको छैन् । यसलाई ार्यान्वायन गर्न नसक्नेहरुलाई खबरदारि गर्न आफ्ना आवाजहरुलाई बुलन्द पार्दै अघि बढ्ने बेला आईसकेको छ ।

    हामीलाई संविधान, कानुन, अधिकार भने कुरा कागलाई बेल पाक्यो हर्स न विस्मात भनेझै भएको छ । यहाँ लोकतन्त्र कसको लागि के हा ? समाजको लागि या व्याक्तिको लागि ? नेपाल लोकतन्त्र वा गणतन्त्र आयको हो त ? यसको खोजी गने बेला भैसको छ ।

    प्रतिक्रिया
    थप समाचार