Online Nepal बिहिबार, बैशाख २० २०८१
२४ औं जनयुद्ध दिवस

म कसरी मनाउन सक्छु जनयुद्ध दिवस ?

म कसरी मनाउन सक्छु जनयुद्ध दिवस ?


लाल बहादुर विक
  • बुधबार, फाल्गुन १ २०७५

  • लेखक : लाल बहादुर विक लेखक : लाल बहादुर विक

    काठमाडौं । आज कम्युनिष्ट पार्टिहरुले देशैभरि विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनाईरहेका छन् । यसका लागि कम्युनिष्ट पार्टिहरुले आफ्ना कार्यक्रहरु कहाँ र कसरी गर्ने भनेर महिनौ अघि देखि नै धुमधामका साथ तयारी गरिरहेका छन् ।

    यस क्रममा मलाई पनि दुइ शब्द राख्न मन लाग्यो । रहर नहुँदा पनि मैले यो लेख्न बाध्य छु । पनि एक कम्युनिष्ट विचारधारामा आस्था राख्ने युवा हुँ । म जस्ता धेरै युवाहरुले कम्युनिष्ट विचारमा आस्था राख्छन् ।

    यतिमात्र हैन्, नेपाली जनताले अहिले देश बनाउने जिम्मेवारी नै तपाईहरुलाई सुम्पेका छन् । अब तपाईहरुले देश कस्तो बनाउने भन्ने तपाईहरुक हातमा छ । देशमा १० वर्ष सम्म चलेको सशस्त्र जनयुद्धको एक योद्धा म पनि हुँ । तपाईहरुले मलाई विर्सिनु भयो । किनकी मैले बम बारुद पड्काईन । म सानै थिए ।

    बाबा मुम्बईको जागिरे । घरमा साना तिन भाई थिए । घर सम्हाल्ने जिम्मेवारी आमाको काँधमा थियो । दिनभरि आमाले हाम्रो पेट पाल्नका लागि पसिना बगाएपछि मात्र हाम्रो पेट पाल्न सक्नुहुन्थ्यो । जुनदिन कााम गर्न जानु भएन त्यो दिन हामी भोकै हुनुपर्ने स्थीति हाम्रो थियो ।

    त्यति मात्र कहाँ हो र? त्यसमा साँझ कम्तिमा ३ जना कम्रेडहरुलाई पाल्नुपर्ने बाध्यता पनि त्यसैमा जोडिएको थियो । हरेक साँझ हामीले ति कम्रेडहरुलाई पाल्ने गरेका थियौ ।हाम्रो सिंगो गाविसलाई नै आफ्नो आधार क्षेत्र बनाएर बसेको माओबादीलाई हामीले पालिरहेका थियौ । खाना दिन नमाने मारिदिने धम्की मानिहालौ घरमा अन्न छैन् । खेतमा उब्जीएको अन्नले तिन महिना छाक टार्न पुग्दैन ।

    हिँउदमा हिमपात र खडेरी, वर्षामा बाढिपहिरोले खतिपाती राम्रो हुदैन थियो ।त्यस अवस्थामा पनि हामीले पालेकै थियौ । फेरी त्यसमा पनि हामीले जब उनीहरुको बम बारुद्ध समेत बोक्नु जानुपर्ने हुन्थ्यो । खाने खाना पनि हामीले नै बोकिदिनुपर्ने बाध्यता पनि उस्तै । त्यो बेला म उनीहरुको नजरमा बालक थिईन ,। आमा कामले भ्याउनु हुन्न थियो । घरबाट एकजना बारुद बोक्न नगएमा कारवाहि गर्ने । उनीहरुका आफ्नै अदालतहरु थिए । जहाँ मानिसहरुलाई मुसलले पेल्ने सजाए सुनाईन्थ्यो ।

    तर, अहिले मेरो योगदान खै ? हामीले गरेको संघर्षको योगदा खै ? मेरो गाउँमा अझै पानीको समस्या उस्तै छ । हिउँदको खडेरीले लगाएको बालिनालि सखाप पारिरहेको छ । त्यहाँ खेतिबारि चार्नको लागि पानी आएको छैन् । त्यो बेला सर्वहारा वर्गको नाममा जनयुद्ध गरिएको थियो । अहिले सर्वहारा जहाँको त्यहि किन? कुन कम्रेडले यसबारेमा सोच्नु भएको छ ।

    तपाईहरुलाई पटक पटक हामीले सिंहदरबार पठायौ । तपाई हामीलाई नै सिंह बनेर झम्टिनेहरु विरुद्ध कहिल्यै बोल्नु भएन। मेरो गाउँमा उस्तै छ जातिय छुवाछुट, उस्तै छ छाउडि कुप्रथा । अहिले सम्मपनि अन्तरजातिय विवाह गरेका आजित मिजारहरुका लास वर्षौ सम्म अस्पतालमै सडेका छन् । उनीहरुलाई कहिले दिने न्याय ?

    तपाईहरुले जनयुद्ध सुरु करिब ४ वर्षपछि जन्मिएको म जवान भैसके । तपाईको जनयुद्ध कहिले जवान हुने । आज तपाइर्एहरुले जनयुद्ध दिवस मनाई रहनु भएको छ । ति मध्यरातमा काखमा कपडा च्यापेर नाङ्गै जंगल भागेका दिनहरु अझै ताजै छन् ।

    खानेकुरा नपाएर सिस्नो, गिठा र सिमलका छालाहरु तानेर खाएका ति दिनहरु अझै ताजै छन् । मेरो मनसपटलमा भएका हजारौ पिँडाका दागहरुलाई कस्ले मेट्ने ?

    प्रतिक्रिया
    थप समाचार