Online Nepal मंगलबार, बैशाख १८ २०८१

कर्मचारीहरुमाथि दबाब आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइन्छ : गृहमन्त्री लामिछाने

कर्मचारीहरुमाथि दबाब आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइन्छ : गृहमन्त्री लामिछाने


मध्यान्तर
  • शनिबार, बैशाख १ २०८१

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।

    आज बिहान काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता पनि जनाए।

    मन्त्री लामिछानेले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए।

    ‘राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्। कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभइ जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ,’ उनले भने।

    काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि गृहमन्त्री लामिछानेले बताए। उनले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको बताए।

    मन्त्री लामिछानेले व्यापार व्यवसाय चलायमान भए अर्थतन्त्र पनी चलायमान हुने बताए। त्यसकारण नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू चौबिसै घन्टा खुलाएको बताए।

    सहरलाई चौबिसै घन्टा खुलाइएअनुसार नियम कानुनलाई पनि कडाईका पालना गराउने उनले बताए।।

    गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए।

     

    प्रतिक्रिया
    थप समाचार