Online Nepal मंगलबार, बैशाख १८ २०८१

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा


मध्यान्तर
  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौं । मधेस प्रदेश सरकारले आज उक्त प्रदेशमा सार्वजनिक बिदा दिएको छ । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै हुँदा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।  यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

    विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ ।

     

    प्रतिक्रिया
    थप समाचार