Online Nepal सोमबार, बैशाख १७ २०८१

लुम्बिनी प्रदेशसभामा एमालेले आजको बैठक अवरोध गर्ने

लुम्बिनी प्रदेशसभामा एमालेले आजको बैठक अवरोध गर्ने


मध्यान्तर
  • मंगलबार, भाद्र १ २०७८

  • काठमाडौँ । लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेको नेकपा एमालेले आजको प्रदेशसभा बैठक अवरूद्ध गर्ने तयारी गरेको छ।

    सूर्य चुनाव चिन्ह लिएर प्रदेश सभा सदस्यमा निर्वाचित आफ्ना दुई जना सांसदलाई पार्टीले कारवाही गरिएको सूचना प्रदेश सभामा पढेर सुनाउनुपर्ने माग राख्दै एमालेले आजको बैठक अवरूद्ध गर्ने भएको छ।

    प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सूर्य चिन्ह लिएर निर्वाचित शाही र ओलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको बताएका छन्।

    उनले प्रदेशसभाको आजको बैठकमा सभामुखले दुई जना सांसदलाई कारवाही गरेको पत्र पढेर नसुनाए बैठक चल्न नदिने बताए।

    प्रतिक्रिया
    थप समाचार