Online Nepal बुधबार, बैशाख १९ २०८१

सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति

सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति


मध्यान्तर
  • बुधबार, असार २९ २०७९

  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ । प्रतिपक्षी दल एमालेले राखेका १४ बुँदे मागलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएवछि सहमति भएको आन्तरिक मामिाला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए ।

    आज सरकारका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र एमालेका तर्फबाट संसदीय दलका नेता प्रकाशबहादुर शाह, प्रमुख सचेतक लिलाधर भट्ट, लोसपाका तर्फबाट संसदीय दलका नेता कृष्ण चौधरी र प्रदेश संसद बलदेव रेग्मीको सहभागितामा भएको बैठकमा सहमति भएको हो ।

    सहमतिसँगै अब प्रदेश सभा बैठक सञ्चालन हुने भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार