Online Nepal बुधबार, बैशाख १९ २०८१

धर्मेन्द्र वास्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

धर्मेन्द्र वास्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति


मध्यान्तर
  • शुक्रबार, साउन २० २०७९

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। नेकपा एकता नेत्र विक्रम चन्द(विप्लव)बाट छुट्टिएको पार्टी हो।

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच भएको बार्तापछि एक हुने सहमति गरेका हुन्।

    दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ।

    बैद्य र बास्तोलाले संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चनले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता(कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार