Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति

पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति


मध्यान्तर
  • बुधबार, असार २९ २०७९

  • काठमाडौं । सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।

    यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । ०७६ फागुनमा मन्त्री भएपछि तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त हुँदै आएको छ ।

    प्रतिनिधिसभाको उपसभामुख चयनका असार ३१ गते निर्वाचनको मिति तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार