Online Nepal शुक्रबार, बैशाख १४ २०८१

कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने

कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने


मध्यान्तर
  • शुक्रबार, माघ ६ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ।

    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बसेको कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठकले सभामुखझै उपसभामुखमा पनि उम्मेदवारी दिने र त्यसका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने निष्कर्ष निकालेको छ।

    बैठकले उपसभामुखमा पार्टीका केन्द्रीय सदस्य तथा सांसद मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने तय गरेको छ। सभामुखममा कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो।

    सतारुढ दलहरुको बीचमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति बनेको छ। रास्वपाले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

    कांग्रेसले आफ्नो उपसभामुखको उम्मेदवारको पक्षमा सतारुढ दलसहित सत्ता बाहिरका अन्य दलसँग समेत छलफल गर्ने जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार