Online Nepal मंगलबार, बैशाख ४ २०८१

कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक

कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाइएको छ । कांग्रेसले अहिले दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाएको छ । राष्ट्रियसभाको उपाध्यक्ष उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

    माघ २२ गते अर्थात आइतबार हुने राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यपालिका छ भने २३ गते मध्यान्ह १२ बजे निर्वाचन हुनेछ ।यस्तै, लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ । विपक्षी मोर्चाको बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपट र पूर्ववत् गठबन्धन ब्युँताउने विषयमा समेत छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार