Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सिड्नीमा हुने भयो ह्याप्पी तीज २०२२

सिड्नीमा हुने भयो ह्याप्पी तीज २०२२


मध्यान्तर
  • बुधबार, साउन ४ २०७९

  • जब जब चाडबाड नजिकिन्छ,तब प्रबासमा नेपाली सांगितिक कार्यक्रमहरूको आयोजनाले तिब्र रूप लिन थाल्छ । प्रबासीमा रहनु हुने प्रबासी नेपालीहरूलाई मनोरन्जन प्रदान गर्न नेपालबाट नेपाली कलाकारहरू बिभिन्न देशहरूमा गएर सांगितिक कार्यक्रमहरू मार्फत प्रबासमा प्रस्तुत हुने क्रम पनि बढ्न थालेको छ ।

    यसैबीच महिलाहरूको महान चाड तीजको अबसर पारेर ह्याप्पी इन्टरटेनमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा तीज कार्यक्रम हुने भएको छ ।
    ह्याप्पी तीज २०२२ नाम दिइएको यो कार्यक्रम सिड्नीको मेरिल्याण्डमा रहेको रेस्ट फंगसन सेन्टरको हलमा अगस्ट २७ का दिन आयोजना हुने छ । सिड्नीमा रहनु हुने प्रबासी नेपालीहरूलाई भरपूर मनोरन्जन दिन नेपालबाट गायक प्रकाश दूतराज,गायिका भूमिका गिरी र मोडल तथा डान्सर अन्जली अधिकारीको प्रस्तुति रहने जानकारी इभेन्ट मेनेजर निलकण्ठ तिवारी र सहायक इभेन्ट मेनेजर रामप्रसाद अर्यालले जानकारी दिएका छन । कार्यक्रममा खगराज घिमिरे तबला बाधन र बिजयराज ढकालको गितारको प्रस्तुति पनि समेटिने छ । नेपाली सांगितिक क्षेत्रमा खगराज घिमिरेको तबला र बिजयराज ढकालको गितारको प्रस्तुतिलाई निकै मन पराईंदै आइएको छ ।

    सिड्नी शहरमा एउटै मन्चमा हुन लागेको यो बिबिध गायन,नृत्य , तबला र गितारको भब्य प्रस्तुति हेर्न यतिबेला सिडनीमा रहनु हुने नेपालीहरु आतुर देखिनु भएको छ ।

    प्रतिक्रिया
    थप समाचार