Online Nepal शुक्रबार, बैशाख १४ २०८१

उपेन्द्र यादवको टिप्पणी : चुनावसँगै एमालेसँग सहकार्य सकियो

उपेन्द्र यादवको टिप्पणी : चुनावसँगै एमालेसँग सहकार्य सकियो


मध्यान्तर
  • आइतबार, मंसिर १८ २०७९

  • काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा (एमाले) सँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन्।

    आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।

    ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ,’ यादवले बताए।

    ‘चुनावी परिणामले हामी निर्णायक पोजिसनमा छैनौं। सकभर प्रतिपक्षमै बस्छौं होला तर अब बन्ने सरकारको नीति हेरेर समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने हामी निर्णय गर्छौं,’ यादवले भने।

    ‘परिवर्तनकारी शक्तिहरूले नेतृत्व गर्न नपाउँदा निराशाका कारण जनताले देश टुक्र्याउँछु भन्ने र राजा ल्याउँछु भन्ने शक्तिहरूलाई मत दिएको देखियो,’ उनले भने,‘यसले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य र एकताको खाँचो देखिएको छ।’

    मंसिर ४ को चुनावको केही दिनअघिसम्म यादव नेतृत्वको जसपा सत्तारूढ गठबन्धनमा थियो। अन्तिममा केही क्षेत्रमा सिट बाँडफाँट गरेर उसले एमालेसँग चुनावी तालमेल गरेको थियो।

    प्रतिक्रिया
    थप समाचार