Online Nepal सोमबार, बैशाख २४ २०८१

माओवादीले टुंग्यायो मन्त्री, सञ्चारमा शर्मा

माओवादीले टुंग्यायो मन्त्री, सञ्चारमा शर्मा


मध्यान्तर
  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ ।

    माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

    शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उनले जानकारी दिए । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार