Online Nepal शुक्रबार, बैशाख २१ २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकियो


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

    शुक्रबार रविका तर्फबाट वकिलहरूले जवाफी बहस गरेका छन्। बुधबारदेखि सुरु सुनुवाइमा पहिलो दिन रिट निवेदकका तर्फबाट वकिलहरूले बहस गरेका थिए।

    बुधबार अधिवक्ताहरुले रवि अहिले पनि नेपाली नागरिक नभएको प्रश्न उठाएकोमा आज रविका वकिलले उनी प्रतिनिधिसभा सदस्य हुन योग्य भएको बहस गरेका छन्।

    सुनुवाइपछि न्यायाधीशहरूले फैसलाका लागि छलफल गरिरहेका छन्।

    email sharing button
    sharethis sharing button

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार