Online Nepal शुक्रबार, बैशाख २१ २०८१

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल सर्वसम्मत निर्वाचित भएकी छन्। नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल सर्वसम्मत भएकी हुन्।

    अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्।

    उनी २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन्। उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार