Online Nepal शनिबार, बैशाख १५ २०८१

आज मन्त्रिपरिषद् विस्तार हुँदै

आज मन्त्रिपरिषद् विस्तार हुँदै


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय संख्या भागबन्डाको टुंगो लागेसँगै आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

    सत्ता गठबन्धनभित्रका दलहरूमा मन्त्रालय भागबन्डाको विषयमा समझदारी भइसकेको छ। एक नेताका अनुसार बुधबार नै मन्त्रालयको संख्यामा भागबन्डा मिलिसकेका कारणले आज बिहीबार नयाँ मन्त्रीहरूको शपथ हुने छ।

    गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादीले २, जसपा २, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाउने सहमति जुटेको छ।

    स्वतन्त्रबाट विजयी भएका प्रभु शाहलाई पनि मन्त्री बनाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ।

    प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम समेत मागिसकेका छन्।

    प्रतिक्रिया
    थप समाचार