Online Nepal मंगलबार, बैशाख १८ २०८१

हङकङमाथि नेपालको सहज ८ विकेटको जित

हङकङमाथि नेपालको सहज ८ विकेटको जित


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जितसहित सेमिफाइनल नजिक पुगेको छ । नेपाल एक खेलअघि नै सेमिफाइनल नजिक पुगेको हो ।

    तेस्रो खेलमा नेपालले सोमबार हङकङमाथि ८ विकेटको सहज जित हासिल गर्यो । जितका लागि ११५ रनको सामान्य चुनौती पाएको नेपालले १२।२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

    नेपालका लागि आसिफ शेखले १८ बलमा ४०, कुशल भुर्तेलले १९ बलमा ३२, कप्तान रोहित पौडेलले २० बलमा अविजित रहँदै २५ तथा सन्दीप जोराले अविजित रहँदै १९ रन बनाए ।

    यसअघि खेल टस नहुँदै वर्षाले गर्दा अवरुद्ध हुँदा ढिलो शुरु भएकाले १८ ओभरमा झारिएको खेलमा हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै अलआउट भएर ११४ रनमात्र बनाउन सक्यो ।

    नेपालका लागि अविनाश बोहराले ३ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । करण केसीले १ विकेट लिए । दुई खेलाडी रनआउट भए ।

    ऐरीले अन्तिम ओभर बलिङ गर्दै ५ बलमा ६ रन दिएर २ विकेट लिएका हुन् ।
    यो खेलमा जित हासिल गर्दा समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा ठाउँ बनाउन सक्नेछ ।

    प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् ।

    समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार