Online Nepal सोमबार, बैशाख १७ २०८१

सांस्कृतिक अन्तराष्ट्रिय फिल्मफेष्टिवल सुरु

सांस्कृतिक अन्तराष्ट्रिय फिल्मफेष्टिवल सुरु

१४ ओटा देशका २९ ओटा फिल्महरु प्रतिस्पर्धामा


Kamala Joshi
  • शुक्रबार, मंसिर ७ २०७५

  • काठमाण्डौ – विभिन्न देशहरू विच संस्कृति आदन प्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिवल सुरु भएको छ । विहिबार राजधानीको उल्याण्ड होटेलमा विभिन्न देशहरुबाट आएका प्रतिस्पिर्धी तथा निर्णायकहरुलाई एक कार्यक्रम मार्फत स्वागत गर्दै फेसिटवलको शुभारम्भ गरिएको छ ।

    नेपाल सांस्कृतितिक तथा चलचित्र केन्द्रले काठमाण्डौमा गर्न लागेको अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा झण्डै १४ ओटा देशका २९ ओटा फिल्महरु प्रतिस्पर्धामा आएका छन् । पाँच विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा सर्टफिल्म ७, फुल लेन्थ फिचर फिल्म ४, डकुमेन्टि फिल्म ४, चिल्ड्रेन फिल्म ५ र ८ वटा महिला फिल्म प्रतिस्पर्धामा रहेका आयोजक समितिका निर्देशक सुवर्ण थापाले जानकारी दिएका छन् । कार्यक्रका अध्यक्ष तथा नेपाल सांस्कृतिक तथा चलचित्र केन्दका अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रममा उपस्थित स्वदेशी तथा विदेशी पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबैको साथ र सहयोग आवस्यक रहेको बताए ।

    उनले यो फेस्टिभलले नेपाललार्ई अन्तराष्ट्रिय रुपमा जोड्ने काम गर्नेमा विश्वास व्यक्त गरे ।शुक्रबार देखी सोमबार सम्म नेपाल पर्यटनबोर्डको सभाहलमा सञ्चालन हुने फेस्टिवलमा चीन, भारत, जापान, ताईवान, श्रीलंका, लुथेनियां, फ्रान्स, अमेरीका, बेलायत, अष्ट्रलिया नेपाल लगायतका १४ देशका २९ चलचित्र देखाइने भएको छ । फेस्टिवलमा चलचित्रका विभिन्न आयामहरु माथि ५ वटा विषयमा छलफल गरिने बताईएको छ भने पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड इन्करजमेन्ड अवार्डसहित आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिइएकोछ ।

    फुल लेन्थ फिचर फिल्मका विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ५०० अमेरिकी डलर, चिल्ड्रेन फिल्म, सर्ट फिल्म र महिलासम्बन्धी बनेका फिल्मलाई ट्रफिसहित २५० र२५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ । स्वागत कार्यक्रममा कार्यक्रमका संरक्षक एवं पुर्व प्रधान सेनापती रुक्वाङगत कटुवालले नेपाल भुगोलमा सानो भएपनि यहाँ पाईला पाईलामा फरक फरक प्रकृति र संस्कृतिको अनुभति गर्न सकिन्छ भन्दै सानो मुलुक पनि कला, संस्कृति र भाषा भाषिमा विस्मै धनी रहेको बताए ।

    राजधानी काठमाण्डौमै पनि एउटै समुदाय भित्र एक किलो मिटरमा संस्कृतिमा विविधता पाईनै भन्दै सिंगो नेपालमा अथाह स।स्कृति रहेकोले यसलाई चलचित्र अथावा बृत्तचित्रका माध्यमबाट चिनाउने सुनौलो अवसर रहेको बताए । यस किसिमको बहु(आयाामिक पाटा र पक्षहरुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम लाभदायिक हुने विस्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    थप समाचार