Online Nepal सोमबार, बैशाख १७ २०८१

पछिल्लो २४ घण्टामा देशैभर १०४१ जना कोरोना संक्रमित थपिए, हालसम्म संक्रमितको संख्या ४५२७७ पुग्यो

पछिल्लो २४ घण्टामा देशैभर १०४१ जना कोरोना संक्रमित थपिए, हालसम्म संक्रमितको संख्या ४५२७७ पुग्यो


मध्यान्तर संवाददाता
  • शनिबार, भाद्र २० २०७७

  • काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमार्फत महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको उनले बताए ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।

    यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार