Online Nepal सोमबार, बैशाख १७ २०८१

आइतबार कोरोनाबाट ९ जनाले ज्यान गुमाए, हालसम्म देशैभर २८९ जनाको मृत्यु

आइतबार कोरोनाबाट ९ जनाले ज्यान गुमाए, हालसम्म देशैभर २८९ जनाको मृत्यु


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र २१ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत आज मृत्यु भएको संख्यासहित देशभर २८९ जनाले ज्यान गुमाएको जानकारी दिए ।

    आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

    त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशैभर ९८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत आइतबार सार्वजनिक भएको संख्या सहित देशभर ४६ हजार २५७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।
    गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार