Online Nepal सोमबार, बैशाख १७ २०८१

ट्राफिक प्रहरी कुटपिट गरेको आरोपमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण

ट्राफिक प्रहरी कुटपिट गरेको आरोपमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण


मध्यान्तर
  • सोमबार, भाद्र २२ २०७७

  • काठमाडौं  । ललितपुरको पुल्चोकमा गत हप्ता बिहीबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा  ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    ललितपुर प्रहरीका  अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ  तानिएको थियोे  । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार