Online Nepal सोमबार, बैशाख १७ २०८१

हवाई उडान पुर्ण सिट क्षमतामा संचालन हुने

हवाई उडान पुर्ण सिट क्षमतामा संचालन हुने


मध्यान्तर
  • शुक्रबार, असोज २ २०७७

  • काठमाडौं । हवाई जहाजको पूरै सिट भरेर चलाउन पाइने भएपछि निजी वायुसेवा सञ्चालकहरूले असोज ५ गतेदेखि जहाज उडाउन सहमत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जहाजभरि यात्रु राखेर जहाज सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
    यसअघि उनीहरूले सिट क्षमताको ५० प्रतिशत मात्रै राखेर जहाज चलाउन सरकारले निर्णय गरे पनि भाडा नबढ्दा जहाजको खर्च धान्न नसकिने भन्दै असोज १ गतेदेखिको उडान स्थगित गरेका थिए । व्यवसायीहरूले सडकमा गुड्ने सार्वजनिक सवारीको भाडा ५० प्रतिशत बढाउन पाउने तर आकाशमा उड्ने झन् महँगो हवाई सेवामा भाडा पनि बढाउन नपाउने र क्षमता अनुसारको यात्रु पनि राख्न नपाउने सरकारी निर्णयको विरोधमा हवाई  उडान स्थगित गरेका थिए ।

    कोरोना भाइरस को महामारी सुरु भएसँगै सरकारले  गत चैत ११ गतेदेखि आन्तरिक उडान रोकिएको थियो ।कहिलेकाहीँ  बिरामी ओसार्ने र पर्यटकहरू उद्धार गर्ने क्रममा केही विमानहरूको चार्टर्ड फ्लाइट गरे पनि नियमित उडान भने बन्द नै थिए ।यस्तै  निजी कम्पनीहरूले लकडाउन अघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत गर्ने समेतको निर्णय भएको छ ।

    प्रतिक्रिया
    थप समाचार