Online Nepal बिहिबार, बैशाख २७ २०८१

उपत्यकामा एकैदिन थपिए ६७४जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ५३८ जनामा संक्रमण

उपत्यकामा एकैदिन थपिए ६७४जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ५३८ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • सोमबार, असोज ५ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    त्यस्तै देशैभर बितेको २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमका अनुसार बितको २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ ।

    आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।

    यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यससँगै मृतकको कुल संख्या ४२७ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार