Online Nepal बिहिबार, बैशाख २७ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १३५६ कोरोना संक्रमित थपिए, ८२३ जना संक्रमण मुक्त भइ डिस्चार्ज

देशैभर पछिल्लो २४ घण्टामा १३५६ कोरोना संक्रमित थपिए, ८२३ जना संक्रमण मुक्त भइ डिस्चार्ज


मध्यान्तर संवाददाता
  • मंगलबार, असोज ६ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६६,६३२ पुगेको डा.गौतमले बताए ।

    उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

    यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको डा. गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार