Online Nepal बिहिबार, बैशाख २७ २०८१

कंकालिनी नगरपालिका मेयर साहको स्थानिय कोभिड अस्पतालमा उपचार नहुँदा काठमाडौं रिफर

कंकालिनी नगरपालिका मेयर साहको स्थानिय कोभिड अस्पतालमा उपचार नहुँदा काठमाडौं रिफर


मध्यान्तर
  • बुधबार, असोज ७ २०७७

  • सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण समस्या देखिएपछि उपचारका लागि काठमाडौं लगिएको छ । मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचार हुन नसक्दा उनलाई काठमाडौं लगिएको हो ।

    मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीलले जानकारी दिए । उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ।

    कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले काठमाडौंस्थित हेम्स अस्पताल रिफर गरिएको डा. चौधरीले बताए ।

    प्रतिक्रिया
    थप समाचार