Online Nepal बिहिबार, बैशाख २७ २०८१

कोरोना उपचारमा अत्यावश्यक रूपमा प्रयोग गर्ने फेभिर–२०० ट्याब्लेट देउराली जनताले उत्पादन गर्ने

कोरोना उपचारमा अत्यावश्यक रूपमा प्रयोग गर्ने फेभिर–२०० ट्याब्लेट देउराली जनताले उत्पादन गर्ने


मध्यान्तर
  • बुधबार, असोज ७ २०७७

  • काठमाडौं । देउराली जनता फर्मासिटिकल्सले फेभिर–२०० ट्याब्लेट उत्पादन सुरु गरेको छ । कोरोना उपचारमा अत्यावश्यक रूपमा प्रयोग गर्न दिइएको औषधी कम्पनीले औषधि व्यवस्था विभागको अनुमतिमा उत्पादन गर्न लागेको  हो ।

    हालसम्म फेविपिरभिर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागी अत्याबश्यक प्रयोग गर्न अनुमती प्रदान गरीसकेको कम्पनीले जनाएको छ ।

    कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा विगत तीन दशक देखी नेपालमा औषधी उत्पादन गर्ने यस कम्पनीले आफ्नो दायित्व बोधगरि कोभिड–१९ बाट संक्रमित व्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भन्ने उद्देश्यले औषधि उत्पादन सुरु गरेको जानकारी दिएको छ ।

    कम्पनीमा कार्यरत स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकबाट यो औषधि उत्पादन गरिएको  विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    थप समाचार