Online Nepal मंगलबार, बैशाख २५ २०८१

बुधबार देशैभर २६३८ जना कोरोना संक्रमित थपिए, १२ जनाले ज्यान गुमाए

बुधबार देशैभर २६३८ जना कोरोना संक्रमित थपिए, १२ जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • बुधबार, असोज २८ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुधबार कोरोना भाइरसका २ हजार ६३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा संख्याका संक्रमित थपिएको जानकारी दिएका हुन् ।

    योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट २ हजार १७४ निको भएका छन् भने योसहित हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या ८० हजार ९५४ पुगेको छ । अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा गरी ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको डा. गौतमले बताए ।

    आज सार्वजनिक गरेको विवरण अनुसार कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने योसँगै जम्म ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

    पछिल्लो २४ घण्टाभित्र विभिन्न प्रयोगशालामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार