Online Nepal सोमबार, बैशाख २४ २०८१

उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ९९६ जनामा संक्रमण

उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ९९६ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुधबार २४ घण्टमा थप काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित रहेका छन् ।

    त्यस्तै बुधबार देशैभर थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । आज थपिएको संख्यासहित कुल कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको मन्त्रालयले उल्लेख गरेको छ । जसमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

    आज सार्वजनिक गरेको विवरण अनुसार कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने योसँगै जम्म ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार