Online Nepal सोमबार, बैशाख २४ २०८१

पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण, एकैदिन २१ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण, एकैदिन २१ जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज ३० २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा संक्रमित थपिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

    २४ घण्टाभित्र कोरोनाबाट ३ हजार ५२२ कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

    अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । २४ घण्टाको तथ्यांक आनुसार २१ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।

    विभिन्न प्रयोगशालामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार