Online Nepal सोमबार, बैशाख २४ २०८१

उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै १७८४ जनामा संक्रमण

उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै १७८४ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज ३० २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा संक्रमित थपिएका हुन् । काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको डा. गौतमले जानकारी दिएका हुन् ।

    यस्तै देशैभर पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

    २४ घण्टाभित्र कोरोनाबाट ३ हजार ५२२ कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

    अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । २४ घण्टाको तथ्यांक आनुसार २१ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।

    विभिन्न प्रयोगशालामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार