Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेपाल र नेपालीको सहयोगको लागि अष्ट्रेलियाबाट भट्टराईले गरे यस्तो पहल

नेपाल र नेपालीको सहयोगको लागि अष्ट्रेलियाबाट भट्टराईले गरे यस्तो पहल


मध्यान्तर
  • आइतबार, जेष्ठ ३० २०७८

  • बिशेष गरेर अष्ट्रेलियामा अध्ययनरत धेरै नेपाली बिध्यार्थीहरू मांझ सहयोगीका रूपमा चिनिंदै आएका छन सरोज भट्टराई ।बिध्यार्थीहरूका बिभिन्न समस्यामा साथ दिंदै आएका भट्टराई अब भने संस्थागत रूपमा नै नेपाल र नेपालीका लागि सहयोगी भएर अगाडि बढ्ने योजनाका साथ लागि परेका छन ।

    यसै क्रममा भट्टराईले अष्ट्रेलियन सरकारबाटै स्विकृत लिएर सहयोग जुटाउंने क्रमलाई निरन्तरता दिने भएका छन ।भट्टराईले हेल्पिगं ह्याड्स इन अष्ट्रेलिया फाउंण्डेसन नामक संस्था गरेर काम अगाडि बढाएका छन -‘ अब मौखिक वा ब्यक्तिगत होइन संस्थागत रूपमा नै नेपाल र नेपालीलाई दुख्दा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म सहयोग गरिने प्रतिबद्धता ब्यक्त गरेको छु । सहयोग हरेक क्षेत्र, बिधा , बर्ग , तह र तप्कामा गरिने छ -‘ भट्टराईले भने ।         

    उनले सस्थामा आर्थिक वा अन्य सहयोग गर्न अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ आग्रह गरेका छन । भट्टराईले सस्थामा जम्मा भएका सबै सहयोगलाई पारदर्शी रूपमा अगाडि बढाईंने दाबी गरे । कोभिड-१९ का कारण मारमा परेका नेपालीहरूलाई साथ र सहयोग गर्न हेल्पिंग ह्याण्डस् इन अष्ट्रेलिया फाउण्डेसनमा आबद्द हुन र सहयोग गर्न सहयोगी मनहरूलाई भट्टराईले आह्वान गरेका छन । भट्टराईले अष्ट्रेलियाको ए एन जेड बैंकको बि एस बि ०१३६२०, अकाउण्ट नम्बर ६४२६७३२१५ मा आफ्नो क्षमताले भ्याएसम्म सहयोग रकम जम्मा गर्न सकिने बताएका छन -‘ यसरी प्राप्त साथ र सहयोगलाई नेपाल र नेपालीहरूका निमित्त सहयोग गर्ने छौं -‘ भट्टराईले भने -‘ कोभिडका कारण खान र बस्न गार्हो अनि आर्थिक अबस्था नाज़ुक भएका नेपालीहरूका लागि हामी प्रबासबाटै सहयोगी बन्ने छौ -‘ । भट्टराईले अक्सिजन र स्वास्थ्य सामाग्रीका कारण ज्यान गुमाउंन नपरोस भन्ने हेतुले पनि आफूले यो सहयोगलाई निरन्तरता दिने सोच बनाएको कुरा बताएका छन ।        राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार