Online Nepal आइतबार, बैशाख २३ २०८१

अबदेखि जीवन बिमाको ५ अर्ब र निर्जीवन बिमाको २.५ अर्ब चुक्ता पुँजी हुनुपर्ने ( अहिले कसको कति चुक्ता पुँजी सुचीसहित)

अबदेखि जीवन बिमाको ५ अर्ब र निर्जीवन बिमाको २.५ अर्ब चुक्ता पुँजी हुनुपर्ने ( अहिले कसको कति चुक्ता पुँजी सुचीसहित)


मध्यान्तर
  • शुक्रबार, चैत्र ११ २०७८

  • काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ ।

    अब जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने समितिले जनाएको छ ।

    यसैगरी, विदेशी बिमकको रूपमा दर्ता भई सञ्चालनमा रहेको बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी बराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्ने व्यवस्था गरिएको छ ।

    कम्पनीहरूले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेश गर्नुपर्ने छ र चुत्ता पुँजी आगामी २०७९ चैत मसान्तसम्म पुर्‍याउनु पर्नेछ ।

    प्रतिक्रिया
    थप समाचार