Online Nepal मंगलबार, बैशाख २५ २०८१

चिनीको मूल्य २० रुपैयाँले वृद्धि

चिनीको मूल्य २० रुपैयाँले वृद्धि


मध्यान्तर
  • आइतबार, जेष्ठ २९ २०७९

  • काठमाडौं । चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ ।

    नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।

    संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

    बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ । तर, भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक व्यापारीले बताए । ‘नेपाली र भारतीय बजारको चिनी दुवै पाइँदा बजारमा चिनीको होलसेल मूल्य ९० रुपैयाँ थियो,’ ती व्यापारीले भने, ‘अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।’

    चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार