Online Nepal आइतबार, बैशाख २३ २०८१

छैठौं जापानीज भाषा बक्तृत्वकला प्रतियोगीता भव्य रुपमा सम्पन्न

छैठौं जापानीज भाषा बक्तृत्वकला प्रतियोगीता भव्य रुपमा सम्पन्न


मध्यान्तर
  • मंगलबार, चैत्र १२ २०७५

  • काठमाडौं । जापानीज भाषा स्कूल संघ (जालसान) ले आयोजना गरेको छैठौं जापानीज भाषा बक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजीत उक्त कार्यक्रमलाई प्रमुख अतिथि नेपालका लागि जापानिज दुताबसका काउन्सिलर युजो युसोयोकाले उद्घाटन गरेका थिए । कार्यक्रममा जापानका इवातानी बिजनेस स्कुल, योकोहामाका प्रिन्सिपल सातो योसिनारी बिशेष आतिथी र आतिथीमा ‘जान’का अध्यक्ष राम चन्द्र भुसाल, ‘जुहान’का अध्यक्ष मनोज गिरीको सहभागीता रहेको थियो ।

    बक्तृत्व कला प्रतियोगिमा ८ जनाले भाग लिएका थिए । प्रतियोगिमध्य ईनोभेटिभ जापानीज भाषा स्कूलका राजन डङ्गोल प्रथम, सगरमाथा जापानीज भाषा स्कूलका अंकित मान कायस्थ द्धितिय र हार्डफोर्ड एजुकेशनकी शोभा श्रेष्ठ तृतिय भइन् । प्रतियोगितामा प्रथम, दितिय र तृतिय भएका प्रतियोगि भाइबहिनिहरुलाई आकर्षक पुरस्कार समेत व्यवस्था गरिएको थियो ।

    नेपाल–जापान बिचको भाषा, संस्कृति, रहनसहनका विषयमा नजिकबाट बुझ्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वासका साथ सन् २०१३ देखी बक्तृत्वकला प्रतियोगीताको आयोजाना गर्दै आएको जालसानले जनाएको ।

    कार्यक्रमका प्रमुख अतिथि युसोयोकाले नेपाल र जापानबिच १४० बर्षको मित्रता रहेको भन्दै यस्ताखाले कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले जापानमा अध्ययनको लागि जान चाहने नेपाली विद्यार्थीले जापानीज भाषामा दक्ष भएर मात्र जान आग्रह गरे ।

    जालसानका अध्यक्ष सुनिल बज्राचार्याले नेपाली विद्यार्थीलाई जापानीज भाषाप्रति लगाब र दक्षता बढाउने उद्देश्यले नै वक्तृत्व कला प्रतियोगीता आयोजना गरिएको बताए । उनले विद्यार्थीले जापान जानकै लागि मात्र भाषा जान्ने भन्दा पनि त्यहाँ गएपछि आफ्नो भविष्य कस्तो बनाउने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए ।

    त्यस्तै जालसानका महासचिव रमेश देवकोटाले सामाजिक उत्तरदायीत्व बहन गर्दै जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई जालसानले विभिन्न किसिमको तालिम लागयत परामर्श सम्बन्धि सम्पूर्ण जानकारी दिँदै आएको बताए ।

    बक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि एकदमै खुसी भएको हार्डफोर्ड एजुकेशनकी शोभा श्रेष्ठले प्रतिक्रिया दिइन् । उनले भनिन्– मैले तेस्रो हुन्छु भन्ने सोचेकै थिइन । आज एकदम खुसी लोगेको छ, यसको श्रेय मलाई भाषा सिकाउने हार्डफोर्ड एजुकेशनलाई दिन चाहन्छु ।’ उनले उत्कृष्ट जापानीज भाषा अध्ययन गर्न चाहनेहरुलाई हार्डफोर्ड मै आउन समेत आग्रह गरिन् ।

     

     

    कार्यक्रमलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रमुख प्रायोजकको रुपमा सहयोग गरेको थियो भने इवातानी बिजनेस स्कुल, योकोहामा, नाट–टेस्ट सेन्टर काठमाडौं, पिजेसि बिज्र टेस्ट नेपाल, नेपाल बिज्र फाउण्डेशनले प्रायोजन गरेका थिए ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार