Online Nepal आइतबार, बैशाख २३ २०८१

मूल्यवृद्धि बाध्यता हो : उद्योगमन्त्री बडु

मूल्यवृद्धि बाध्यता हो : उद्योगमन्त्री बडु


मध्यान्तर
  • मंगलबार, असार ७ २०७९

  • काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको बताएका हुन् ।

    आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको बताए ।

    अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको र त्यसको जानकारी आयल निगमको वेबसाइटमा सार्वजनिक गर्ने गरिएको पनि बताए ।

    प्रतिक्रिया
    थप समाचार