Online Nepal आइतबार, बैशाख २३ २०८१

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरिन्छ : उद्योगमन्त्री बडू

अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरिन्छ : उद्योगमन्त्री बडू


मध्यान्तर
  • शनिबार, असार ११ २०७९

  • काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउदै मूल्य समायोजन गरिएको जानकारी दिए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुमा समेत मूल्य बढेकाले सरकार यस विषयमा संवेदनशील रहेको बताए । “पेट्रोलियम पदार्थको मूल्य बढ्दा सर्वसाधारणको जीवनमा यसले नकारात्मक असर परेको छ । बजारमा मूल्यवृद्धि यसैलाई कारण देखाएर गरिएको छ । त्यसैगरी अत्यावश्यक बस्तुहरुमा पनि यसैकारण मूल्यवृद्धि भएको छ,” उनले भने, “यसले सर्वसाधारण मारमा परेको कुरामा सरकार गम्भीर हुँदै करलाई समोयोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको छ ।”

    यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो । त्यसलगतै मन्त्रिपरिषद्को बैठक बसेको र पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको मन्त्री बडूले जानकारी दिए ।

    उनले राज्यका सवै सम्यन्त्र मिलेर बजार अनुगमन बढाउने र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरिने जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार