Online Nepal आइतबार, बैशाख २३ २०८१

चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ


मध्यान्तर
  • बिहिबार, साउन १९ २०७९

  • काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।

    बोहोराले घटनाबारे जानकारी दिदैँ, ‘म्याद थप गर्दैछौं, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौं भनेका छन् ।’ पक्राउ पर्नेहरु सबै नेपाली नागरिक रहेको उनको भनाई छ ।

    उनीहरुले एक करोड रुपैयाँ फिरौटी मागेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार