Online Nepal आइतबार, बैशाख २३ २०८१

बालिका बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा एक जना पक्राउ

बालिका बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा एक जना पक्राउ


मध्यान्तर
  • आइतबार, साउन ८ २०७९

  • दाङ । दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले बताए ।

    उनले किशोरले बालिकालाई बलात्कारपछि हत्याको प्रयास समेत गरेको आरोप लगाएका । प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए ।

    बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार