Online Nepal शुक्रबार, बैशाख १४ २०८१

गोकर्णले ल्याए भ्रष्टचारीहरुको मुटु हल्लाउने गीत

गोकर्णले ल्याए भ्रष्टचारीहरुको मुटु हल्लाउने गीत

गीतकार गोकर्ण रुपाखेती “शर्मा”ले आफ्नो पहिलो एल्वम जनताको आवाजवाट म त गीत गाउँछु हजुर नामको धमाकेदार गीतलाई वजारमा ल्याएका छन् ।


मध्यान्तर
  • सोमबार, बैशाख ९ २०७६

  • काठमाण्डौ – देशमा व्याप्त भ्रष्ट्रचार, वलत्कार र नेताहरुकोको गलत कामको विरोधमा गीतकार गोकर्ण रुपाखेती “शर्मा”ले आफ्नो पहिलो एल्वम जनताको आवाजवाट म त गीत गाउँछु हजुर नामको धमाकेदार गीतलाई वजारमा ल्याएका छन् । भ्वाईस अफ नेपालका चर्चित गायक/गायिका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व, को स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् ।

    साईराम पिक्चर्सले बजारमा ल्याएको भ्रष्टचारी, दुराचारीहरुको मुटु हल्लाउने उक्त गीतमा गोकर्ण रुपाखेती “शर्मा”, आरती मणि, हरीराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाको रहेको छ । कमला जोशीको कनसेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाण्डौले गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार