Online Nepal सोमबार, बैशाख १७ २०८१

कानुन मान्छु, सबै सामना गर्छु : सन्दीप लामिछाने

कानुन मान्छु, सबै सामना गर्छु : सन्दीप लामिछाने


मध्यान्तर
  • शुक्रबार, भाद्र २४ २०७९

  • काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् ।

    आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।

    उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

    हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार