Online Nepal आइतबार, बैशाख २३ २०८१

अमेरिकी राष्ट्रपतिको इरानसँग बार्ता गर्ने चाहना

अमेरिकी राष्ट्रपतिको इरानसँग बार्ता गर्ने चाहना


मध्यान्तर
  • शनिबार, बैशाख २८ २०७६

  • President Donald Trump walks on the South Lawn upon arrival at the White House in Washington, Saturday, Jan. 19, 2019, after attending the casualty return at Dover Air Force Base, Del., for the four Americans killed in a suicide bomb attack in Syria. (AP Photo/Manuel Balce Ceneta)

    अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारले चाहेमा आफू वार्ता गर्न तयार रहेको जनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले इरान सरकारका अधिकारीले आफूलाई सम्पर्क गरुन् भन्ने चाहेको जनाएका हुन् ।

    राष्ट्रपति ट्रम्पको भनाई लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि विज्ञप्ति जारी गर्दै अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको जनाएका थिए । विदेशमन्त्री पोम्पेओले इरानका अमेरिकाविरोधी गतिविधीको निन्दा गर्दै ‘तेहनामा रहेका अधिकारी, जो समृद्ध भविष्यको मार्ग चाहन्छन’ लाई वार्ताको आह्वान गरेका थिए ।

    अमेरिकाले मध्यपूर्वमा इरानले अमेरिकी सेना तथा अमेरिकाका साझेदार मुलुकहरुको हितलाई खतरामा पार्न प्रयास गरिरहेको भन्दै मध्यपूर्वमा लडाकु विमानवाहक नौसैनिक पानीजहाज तथा बम वर्षक विमान तैनाथ गर्ने घोषणा गरेको केही दिन पछि आएको हो ।

    यता इरानको शक्तिशाली सैन्य दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीले भने वार्ता गर्ने अमेरिकी आह्वान ठाडै अस्वीकार गरेको छ । आइआरजीसीका जनरल यादोल्ला जवानीले अमेरिकासँग कुनै किसिमको वार्ता हुन नसक्ने टिप्पणी गरेको इरानको तस्निम समाचार संस्थाले जनाएको छ । यसअघि अमेरिकाले आइआरजीसीलाई आतंककारी समूहको सूचीमा राखेको थियो ।

    प्रतिक्रिया
    थप समाचार