Online Nepal शुक्रबार, बैशाख १४ २०८१

बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि

बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

    बेलायतको वेस्टमिनिस्टर आबीमा एक समारोहबीच एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको हो।

    वेस्टमिनिस्टर आबी बेलायतको ऐतिहासिक चर्च हो जहाँ राजारानीको गद्दी आरोहण तथा राजमुकुट पहिर्याइने समेत गरिन्छ।

    बेलायती महारानीको अन्तिम संस्कार चलिरहंदा देशभर दुईमिनेट मौन धारण गरिएको थियो। सो क्रममा बेलायतको राष्ट्रिय धुन पनि बजाइयो। आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ।

    उनको अन्त्येष्टिमा विश्वका विभिन्न देशका नेता, बेलायतका राजपरिवारका सदस्य, राजनीतिज्ञ, चर्चका प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्ति गरी २ हजार जना सहभागी भएको बताइएको छ।

    बेलायती महारानीको अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका उपराष्ट्रपति वाङ्न छिसन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लगायत विश्वका शीर्ष नेता सहभागी भएका छन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्का सहभागी भएका छन्।

    उनको शव यसअघि ९०० बर्ष पुरानो बेस्टमिनिस्टर हलमा राखिएको थियो। परराष्ट्रमन्त्री खड्का उक्त हल पुगेर हिजो आइतबार शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए। चिसो रातको समयमा पनि घण्टौँ लामबद्द भएर थुप्रैले बेलायती महारानी एलिजाबेथलाई वेस्टमिनिस्टर हल पुगेर श्रद्धद्दासुमन अर्पण गरेका थिए।

    श्रद्धासुमनपछि भएको शवयात्रामा उनका जेठा छोरा एवं वर्तमान राजा प्रिन्स चाल्र्स तृतीय र चाल्र्सका छोराहरु प्रिन्स विलियम र ह्यारी सहभागी थिए। बेलायती नौसेनाका जवानहरु परम्परागत बाजा बजाउँदै एलिजाबेथलाई राखिएको शवपेटिका सहितको क्यारिज बोकेका थिए।

    बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथ द्वितीयाको यही सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरलमा ९६ वर्षमा निधन भएको थियो। तत्कालीन प्रधानमन्त्री विस्टन चर्चिलपछि बेलायतमा पहिलोपटक राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको यो नै पहिलो घटना हो।

    प्रतिक्रिया
    थप समाचार