Online Nepal आइतबार, बैशाख २३ २०८१

अमेरिका र चीन व्यापार युद्ध चर्किदा विश्व सेयर बजारमा ठुलो धक्का

अमेरिका र चीन व्यापार युद्ध चर्किदा विश्व सेयर बजारमा ठुलो धक्का


मध्यान्तर
  • मंगलबार, बैशाख ३१ २०७६

  • काठमाडौं । अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएपछि संसारभरिका प्रमुख सेयर बजारमा एकै दिनमा ठूलो धक्का लागेको छ ।

    वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरणको वार्ता बिनानिष्कर्ष टुंगिएपछि चर्किएको व्यापार युद्धले सोमबारमात्रै संसारका प्रमुख सेयर बजारले एक हजार अर्ब डलरभन्दा बढीको गिरावट ब्यहोरेका छन् ।

    अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्क शुक्रबारदेखि बढाएर २५ प्रतिशत र्पुयाएको थियो । त्यसको बदलामा चीनले सोमबार अमेरिकाबाट आयात हुने ६० अर्ब डलर बराबरका सामानमा लगाउँदै आएको भन्सार शुल्कमध्ये केहीमा बढाएर जुन १ देखि २५ प्रतिशत र्पुयाउने घोषणा गरेको छ । अमेरिकाले चीनबाट ५ सय अर्ब र चीनले अमेरिकाबाट सवा अर्बभन्दा बढीका सामान आयात गर्छन् ।

    २०१८ मा अमेरिकी अर्थतन्त्र २०.४ ट्रिलियन डलर बराबरको थियो भने चिनियाँ अर्थतन्त्र १४ ट्रिलियन डलर बराबरको थियो । तेस्रो ठूलो अर्थशास्त्र चीनले पनि अमेरिकी आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेको २४ घण्टामै विश्व सेयर बजारमा एक हजार डलर बराबरको गिरावट आएको हो । यो गिरावटको सबैभन्दा बढी मार उच्च प्रविधिमा काम गर्ने कम्पनीले व्यहोरेका छन् । त्यस्तै सबैभन्दा ठूलो गिरावट अमेरिकी सेयर बजारमा आएको छ ।

    यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो ।
    तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन । अमेरिका यसअघि पनि चीनले सहमति गरेको तर कार्यान्वयनमा उदासिनता देखाएको भन्दै यसपालि बलियो कार्यान्वन प्रणाली बनाउने पक्षमा छ । त्यसको अर्थ चीनले सम्झौता अक्षरशः पालना नगरे अमेरिका आफैंले दण्डित गर्न सक्ने हो । तर चिनियाँ पक्षले यसलाई आफ्नो सार्वभौमिकतासँग जोडेको छ । चिनियाँ व्यापारबारे अमेरिकाले निर्णय गर्ने प्रणाली हुनुभन्दा सहमति नै नभए पनि आफ्नो अर्थतन्त्र चल्न सक्ने निष्कर्षमा चीन पुगेको देखिन्छ ।

    प्रतिक्रिया
    थप समाचार