Online Nepal आइतबार, बैशाख २३ २०८१

अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रपतिद्धारा राष्ट्रिय संकटकाल घोषणा

अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रपतिद्धारा राष्ट्रिय संकटकाल घोषणा


मध्यान्तर
  • बिहिबार, जेष्ठ २ २०७६

  • काठमाडौं । विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ ।

    ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । ट्रम्पका अनुसार विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने छ । राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशको कुन टेलिकम सेवा हो भन्नेबारे भने ट्रम्पले खुलाएका छैनन् ।

    यद्यपि विश्लषकहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेप्रति शंका गरेका छन् । हुवावेका उत्पादनहरुलाई चीनले निगरानीका लागि प्रयोग गर्न सक्ने धेरै देशहरुले आशंका गरेका छन् ।

    टेलिकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हो हुवावे । हुवावले भने आफूमाथि लगाइएका आरोपलाई निराधार भन्दै आएको छ । उसले भनेको छ हाम्रो कामबाट कसैलाई नोक्सान हुँदैन, जासुसीको जोखिम पनि छैन ।

    ह्वाउट हाउसका अनुसार ट्रम्पको यो आदेशको उद्देश्य अमेरिकालाई विदेशी शत्रुबाट जोगाउनु हो जसले सक्रिय रुपमा लगातार सूचना र सञ्चार प्रविधि सेवाको उपयोगबाट गोप्य सूचना चोरी गरिरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार