Online Nepal शुक्रबार, बैशाख १४ २०८१

डेंगीबाट एक महिलाको मृत्यु

डेंगीबाट एक महिलाको मृत्यु


मध्यान्तर
  • बिहिबार, असोज १३ २०७९

  • चितवन । डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगी पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि, यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगीका कारण मृत्यु भएको थियो ।

    जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् ।
    चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    थप समाचार