Online Nepal आइतबार, बैशाख २३ २०८१

सर्पको पेटभित्र सिंगै महिलाको शव!

सर्पको पेटभित्र सिंगै महिलाको शव!


मध्यान्तर
  • शुक्रबार, कार्तिक ११ २०७९

  • इन्डोनेसिया । इन्डोनेशियाको जाम्बी प्रान्तामा एक जना महिलाको शव अजिङ्गरको भुँडीभित्र फेला परेको छ ।

    रबर सङ्कलनको काम गर्ने अन्दाजी ५० वर्ष उमेरकी ती महिला हराएको केही दिनपछि अजिङ्गरको भुँडीभित्र भेटिएकी हुन् । उनी गत आइतबारदेखि हराइरहेकी थिइन् ।

    आइतबार उनी रबर सङ्कलन गर्न रबर खेती गरिएको ठाउँमा काम गर्न गएकी थिइन् । तर, त्यो रात उनी फर्केर आइनन् । घर नफर्किएपछि उनको खोजीका लागि टोलीहरू खटाइयो, तर उनलाई फेला पार्न सकेन ।

    खोजी कार्य चलिरहेकै बेला भोलिपल्ट गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला पारे । त्यसपछि उक्त अजिङ्गरलाई उनीहरूले मारे अनि चिरेर हेर्दा हराएकी महिला अजिङ्गरको भुँडीभित्र भेटियो ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए अनुसार अजिङ्गरको भुँडीभित्रबाट ती महिलालाई जिउँदो अवस्थामा नभेटे पनि हव भने सग्लो थियो ।

    प्रतिक्रिया
    थप समाचार