Online Nepal शुक्रबार, बैशाख १४ २०८१

१४.६८ अंकले घट्यो नेप्से परिसूचक

१४.६८ अंकले घट्यो नेप्से परिसूचक


मध्यान्तर
  • आइतबार, माघ १५ २०७९

  • काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अङ्कले घटेर ४१०.३१ बिन्दुमा पुगेको छ।

    नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन उर्जा विकास कम्पनी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

    आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्तन हाइड्रोपावर, आदर्श लघुवित्त र सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार