Online Nepal बुधबार, बैशाख १९ २०८१

झिनो अंकले बढ्यो नेप्से परिसूचक

झिनो अंकले बढ्यो नेप्से परिसूचक


मध्यान्तर
  • आइतबार, माघ २२ २०७९

  • काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८९ अङ्कले बढेर ४००.२६ बिन्दुमा पुगेको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ६ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र नबिल बैंकको कारोबार भएको छ।

    आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, इस्तन हाइड्रोपावर र प्रभु बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार