Online Nepal शनिबार, बैशाख १५ २०८१

विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडियन नागरिक पक्राउ

विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडियन नागरिक पक्राउ


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • फाइल तस्बिर

    काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

    बिहीबार राति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत बिहीबार राति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए । उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो । स्वास्थ्य परीक्षण गरेर उनलाई गौशाला प्रहरीमा लैजाँदा बिहीबार बिहान करिब ३ बजेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार